हिसान महाधिवेशन यही चैत २५ र २६ मा

हिसान महाधिवेशन यही चैत २५ र २६ मा


हिसान महाधिवेशन यही चैत २५ र २६ मा

काठमाडौँ, । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)को  आठौं राष्ट्रिय महाधिवेशन यही चैत्र २५ र २६ गते काठामाडौंमा हुने भएको छ । 
महाधिवेनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । 

महाधिवेशनले निजी शिक्षालयवीचको एकतालाई मजबुत तुल्याउन, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पु¥याई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयहरुमा भएको लगानीलाई सुरक्षित गर्न जोड दिने हिसानका अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए । 

निजी लागानिबाट संचालित उच्च शिक्षालयको संख्या एक हजार ९७७ भन्दा बढी, करिब पाँच लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत र  २ लाख भन्दा बढि शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्

अध्यक्ष सिलवालले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयले लगानी बढाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् यसले मुलुकको बदलिँदो परिवेश अनुसार निजी शिक्षालयहरुले शिक्षा जगतमा अहमं भूमिका खेलेको बताए । 

उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुदा हुदै पनि विदेशी शिक्षाको नाममा बार्षिक रुपमा लाखौं विद्यार्थीहरु बाहिर जाने र अरबौं रुपैया बाहिरिरहेको सन्दर्भमा शिक्षालय संचालकहरु र सरकार संवेदनशिन हुन जरुरी महासचिव लोकवहादुर भण्डारीले बताए । 

निजी क्षेत्र मात्र होइन सामुदायिक क्षेत्रसँग समेत हातेमालो र सहकार्य गर्दै पब्लिक प्राइभेट पार्टनशीप गर्न आफूहरु तयार रहेको उनको भनाई रहेको छ । 
पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ हुने महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरु गरी ६५० जनाको उपस्थिति रहने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  


प्रकाशित मिति: बुधबार, २३ चैत, २०७८, १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९