सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले


सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले


काठमाडौँ, । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए ।

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रित दायर गरेका थिए । सो रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए । मन्त्री परिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो ।

चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो । ३ महिना ३ हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन् ।

कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने– ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ । यो बिचमा नेपाली खेलकुद जति तीव्र रुपले अगाडि बढ्नु पर्ने हो त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्ने छु ।’

त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले सदस्य–सचिव घिसिङको स्वागत गरेका थिए ।


प्रकाशित मिति: बुधबार, २३ चैत, २०७८, २२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९