प्रधानमन्त्री देउवाद्धारा टाइफाइडविरुद्धको खोप अभियान शुभारम्भ

प्रधानमन्त्री देउवाद्धारा टाइफाइडविरुद्धको खोप अभियान शुभारम्भ

नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक


प्रधानमन्त्री देउवाद्धारा टाइफाइडविरुद्धको खोप अभियान शुभारम्भ


काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् ।​ रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।
आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ ।

नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक हुने छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल सहित टाइफाइड प्रभावित देशका लागि खोप लगाउन सिफारिस गरेको हो । 
खोप अभियान संचालनका लागि देशभरि ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने छ । 
खोप अभियान संचालनका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ जना स्वयमसेवक परिचालन गरिने छ । 

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले विगत पाँच बर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण गरेको बताए ।

उनका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ जना टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो । टाइफाइडको सङ्क्रमण सवै उमेर समूहमा भएपनि १५ बर्ष भन्दा मुनिका बालबालिकामा बढी हुने गरेको उनले बताए । टाइफाइड पानी तथा खानाजन्य सङ्क्रमण रोग तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये चौथोमा पर्दछ । 

टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भिर रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेका उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखला लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिने गर्दछ । 

टाइफाइड खोप मासुभित्र दिइन्छ । यसले वयस्क र बालबालिका दीर्घकालिन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । खोपको माध्यमबाट गरिने रोकथाम रोगसंग लड्नको लागि सवैभन्दा प्रभावकारी माध्यम हो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरसफाई र खोप अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताए । 
नेपालमा एक अध्ययन अनुसार प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले खोप विभिन्न देशमा क्लिनिकल ट्रायल पछि नेपालमा प्रयोग गर्न थालिएकोले  ८५ प्रतिशत प्रभावकारि रहेको बताए । उनले खोपको एक मात्रा लगाएपछि पुग्ने र अर्को मात्रा लगाउन नपर्ने बताउनुभयो । नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । खोप सुुरक्षित र प्रभावकारी रहेको छ । 

 


प्रकाशित मिति: बिहिबार, २४ चैत, २०७८, १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९