कुल जनसङ्ख्यामध्ये २० प्रतिशतमात्र स्वास्थ्य बीमामा

कुल जनसङ्ख्यामध्ये २० प्रतिशतमात्र स्वास्थ्य बीमामा


कुल जनसङ्ख्यामध्ये २० प्रतिशतमात्र स्वास्थ्य बीमामा

काठमाडौँ, । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य विमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । 

स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार अन्तरक्रिया  कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य विमा प्रभावकारी हुन नसकेको बताए । 

उनका अनुसार २०७२ सालमा कैलाली जिल्लाबाट संचालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात कुल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र विमा गरेका छन् । तिमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत)ले मात्र विमा सेवा लिएका छन् । 
विमितमध्ये ७० प्रतिशतले मात्र नविकरण गरेका पाइएको छ । 

“अन्य देशको तुलनामा हामीले पनि स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छौ । जापान, कोरिया लगायत देशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ” उनले भने, “हामीले सोचेजस्तो रुपमा कार्यक्रमलाई लैजान सकेका छैनौ ।”

उनले कोरोना भाइरसको कारणले पनि वीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई बर्ष प्रभावकारी रुपमा काम गर्न नसकिएको स्पष्ट पारे  । 

उनले स्वास्थ्य विमा बोर्डलाई सरकारले कानूनी रुपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरेपनि व्यवहारिक रुपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए । 
स्वायत्त संस्थाको रुपमा बोर्डलाई लैजानका लागि सरकारसंग ३७२ जनाको स्वीकृत दरवन्दी माग गरेको छ । 

तीन हजार ५०० रुपियाँको बार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले  ४४१ सरकारी र नीजि अस्पतालमासंग वीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौत गरेको छ । 

बोर्डले विमा कार्यक्रम मार्फत अति गरिव, ७० बर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभि सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै वीमाको रकम उपलब्ध गराउने गरेको छ । 

नेपालमा अहिलेसम्म १५ लाख ८ हजार ५१४ विमित परिवारले वीमा कार्यक्रममा सहभागि रहेका छन् । 

अति गरिव परिवारको चार लाख ८८ हजार ४ जनाले, ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७३५, एचआइभी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य विमा कार्यक्रममा आवद्ध रहेका छन् । 
 

आठ स्थानीय तह बाकी

सरकारले २०७२ सालबाट लागु गरेको स्वास्थ्य विमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागु हुन सकेको छैन । ७७ जिल्लाका ७४५ स्थानीय तहमा वीमा कार्यक्रम लागु गरिएपनि उपत्यकाका ८ स्थानीय तहमा  विमा कार्यक्रम लागु गरिएको छैन । 

बोर्डका शाखा अधिकृत सिर्जना पौडेललका अनुसार काठमाडौँ जिल्लाको काठमाडौं महानगर, किर्तिपुर, बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छैन । 

सरकारले स्वास्थ्य सेवा उपभोगको पहुँच तथा उपभोगको सुनिश्चित गर्ने सेवाको विस्तार एव गुणस्तर अभिवृछि गर्न, आर्थिक जोखिम घटाउने तथा न्यूनतम रकम पूर्व भुक्तानीको आधारमा २०७२ चैत २५गतेबाट विमा कार्यक्रम शुरु गरेको हो । भोलि देशभरि नै ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ विमा छैटौ विमा दिवस मनाइदै छ । 
विमा कार्यक्रम मार्फत गरिव, विपन्न एवम् सुगम क्षेत्रमा सेवाको पहुँच पुगेको बताइएको छ । 
बीमा कार्यक्रम अन्तगर्त बोर्डले अहिलेसम्म १६ अर्ब ७९ करोड ६८ लाख रुपिया अस्पताललाई भुक्तानी गरिसकेको छ । 
यस्तै यो आर्थिक बर्षमा चैत २० गतेसम्म साढे ६ अर्ब रुपिया भुक्तानी गरिएको छ । 

 


प्रकाशित मिति: बिहिबार, २४ चैत, २०७८, २१:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९