स्वास्थ्यमा बजेट बढाउन माग, एक वडा एक चिकित्सक हुनुपर्ने

स्वास्थ्यमा बजेट बढाउन माग, एक वडा एक चिकित्सक हुनुपर्ने


 स्वास्थ्यमा बजेट बढाउन माग, एक वडा एक चिकित्सक हुनुपर्ने

काठमाडौँ, । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सवैको पहुँच पु¥याउनुपर्ने बताएका छन् । 

राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रः वर्तमान अवस्था र भावी कार्यदिशा’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक बर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सवैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताए । 

उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिएपनि नसकिएको बताए । “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौ” उनले भने, “तर अहिले व्यवहारत कार्यन्वयन गर्न सकिएको छैन । आगामी आर्थिक बर्षका बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।”

उनले राज्यबाट संचालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाई जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे । 

उनले स्वास्थ्य र शिक्षालाई मुनाफा रहित बनाउनुपर्ने भन्दै नीजि क्षेत्रको स्वास्थ्य सेवालाई कडाईका साथ अनुगमन गर्नुपर्ने बताए । “ स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुदैन” उनले भने, “ नीजि क्षेत्रलाई खुला छाड्नु हुँदैन । कडाईका साथ अनुगमन गर्नुपर्दछ ।”

उनले एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिने  भनाई रहेको थियो । 

यस्तै  नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवाको कार्यन्वयनतर्फ जानुपर्ने बताए । 
“अन्य ठाउँको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रको बजेट बढाउनु पर्दछ” उनले भने, “स्वास्थ्य क्षेत्रको बजेट बढाएर निःशुल्क सेवा उपलब्ध गराउनुपर्दछ ।”
महामन्त्री थापाले एक संस्था एक चिकित्सको अवधारणा लागु गर्नुपर्ने धारणा राखो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पैसाका कारणले उपचारबाट बन्चित नगरेको बताए । 
“आकस्मिक सेवा कक्षमा आएका विरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छौ” उनले भने “ संविधान अनुसार हामी निःशुल्क स्वास्थ्य सेवातर्फ गइरहेका छौ ।”

उनले  अन्तर मन्त्रालयबीच समन्वय हुन नसक्दा स्वास्थ्य सेवापनि प्रभाव परिरहेको बताए । 

उनले कोभिड–१९ को वेला स्थानीय तह र प्रदेश तहले राम्रो काम गरेको उल्लेख गर्दै तर सामान्य अवस्थामा भने कोरोना महामारी जस्तो काम नगरेको बताए । 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालले अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाई स्वास्थ्य सेवा गुणस्तर दिनुपर्ने बताए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले गुणस्तर स्वास्थ्य सेवा प्रभावकारी बनाउन सवैका सहयोग हुनुपर्ने बताए । 

आयोगका सदस्य डा. उमाशंकर प्रसादले नेपालमा उपचार हुने रोग नेपालमा  नै उपचार गर्न सके पैसालाई विदेश जानबाट जोगाउनुपर्ने बताए । “नेपालमा उपचार हुने रोग नेपालमा नै उपचार गर्न सकिन्छ कि सकिदैन त्यसको लागि अलग्गै बोर्डको गठन ग¥यो” उनले भने, “बोर्डको सिफारिसको आधारमा मात्र विदेशमा उपचार गर्ने व्यवस्थापन गर्न सके अर्बोै बाहिरिने पैसा जोगाउन सकिन्छ ।”

उनले स्वास्थ्यको बजेट स्थानीय तह र प्रदेश तहमा बढाउनुपर्ने धारणा राखे । 

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अहिले नसर्ने रोगहरुको कारणले जोखिम बढिरहेको बताए । “पहिले श्वासप्रश्वास, क्षयरोग, टाइफाइड,कुष्टरोगजस्ता रोगहरुको जोखिम रहेको थियो,” उनले “अहिले नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगहरुको जोखिम बढेको छ ।” 
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति वाँनियाले संविधान अनुसार नागरिकले निःशुल्क स्वास्थ्य सेवा नपाएको बताए । उनले  स्वास्थ्यमा नीजि क्षेत्रले व्यापार गरिहको बताए । 

नेपाल मेडिसिटी अस्पतालका संचालक डा. उपेन्द्र महतोले सरकारले ट्रस्टको रुपमा नीजि अस्पताललाई लैजाने भए आफूले दिन तयार रहेको बताए । उनले नेपालको स्वास्थ्यलाई अन्तर्राष्ट्रिय हब क्षेत्रको रुपमा विकास गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा संवैधानिक प्रावधान अनुसार निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्य सेवा प्रवाहको सुदृढिकरणमा नीजि क्षेत्र तथा नागरिक समाजको भूमिका, स्वास्थ्य तथा पोषणको क्षेत्रमा वहुपक्षिय संलग्नताको अवधारणाको सुदृढिकरण र स्वास्थ्य क्षेत्रमा योजना तर्जुमा , वित्त व्यवस्था र राजनीतिक प्रतिवद्धता लगायत बिषयमा सामूहिक छलफल भएको थियो । 

 


प्रकाशित मिति: शुक्रबार, २५ चैत, २०७८, २०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९