भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पराजित

भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पराजित


भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पराजित


काठमाडौं, । नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

भगवतीसंग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा पेड्रोले बाजी मारेका थिए । उक्त जितसंगै भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् ।

भृकुटिमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए । सिंगल म्याचकै महिलामा दुई भिडन्त भएको थियो । दुवै भिडन्त नेपाली रेस्लरबीच भएको थियो ।

पहिलोमा मनीषा रानाभाटले सपना माझीलाई पाखा लगाइन् भने अर्कोमा स्नेहा थापा मगरले सपना गोपालीको चुनौती पन्छाइन् ।


प्रकाशित मिति: शनिबार, २६ चैत, २०७८, २१:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९