मुलुकलाई श्रीलंका जस्तो बन्नबाट जोगाउन अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप आवश्यक : उपाध्यक्ष पौडेल

मुलुकलाई श्रीलंका जस्तो बन्नबाट जोगाउन अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप आवश्यक : उपाध्यक्ष पौडेल


मुलुकलाई श्रीलंका जस्तो बन्नबाट जोगाउन अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप आवश्यक  : उपाध्यक्ष पौडेल

काठमाडौँ ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेप गर्नुपर्ने बताएका छन् । 

एमाले प्रचार विभागले आज यहाँ आयोजना गरेको  मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा बोल्दै उनले  एमालेको सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान सरकारले ध्वस्त पारेकोले अब हस्तक्षेप गर्ने बेला आएको बताए । 

समयमै सकारात्मक हस्तक्षेप गर्न सकिएन भने श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने उनको भनाई रहेको थियो । ‘अहिले नै सकारात्मक हस्तक्षेप नगर्ने हो भने  हामीलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन , ’ उनले भने  ‘अर्थतन्त्रलाई गलत दिशामा जान जुन नीति अवलम्बन गरिएको छ, त्यसको नतिजा भनेको यसैगरी मुलुक संकटउन्मुख हुने हो र हामीले धान्न नसकिने अवस्थामा पुग्ने जोखिम बढेको छ ।’

नेता पौडेलले  ओली नेतृत्वको सरकारले कोभिड अगाडिका सुरूका तीन वर्षमा लगभग ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गरेको भन्दै अहिले कोभिड नर्मल हुँदा पनि ३ देखि ४ प्रतिशतको मात्र प्रक्षेपण गरिएको बताए । 

सम्मेलनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गरेर अर्थतन्त्र थप संकटतर्फ धकलेको बताए ।  उनले सरकारसंग ३३ अर्ब पैसा ढुकुटीमा रहेकोे पूजिगत खर्च रोक्नुपर्ने बताए । 

पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतको सहभागि रहेको थियो । 

 


प्रकाशित मिति: आइतबार, २७ चैत, २०७८, १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९