प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. केसी निर्वाचित

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. केसी निर्वाचित


प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. केसी निर्वाचित

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा डा. वेदराज केसी निर्वाचित हुनु भएको छ । कीर्तिपुरमा सम्पन्न भएको संगठनको दशौँ राष्ट्रिय सम्मेलनले डा. केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । 

संगठनको सात उपाध्यक्षमा डा. खगराज शर्मा, रामकुमार राई, मनोज विष्ट, भोला  ओझा, वलराम रायमाझी, तिलक भुसार र महिला उपाध्यक्षमा सरिता निरौला निर्वाचित भएका छन् । 

संगठनको महासचिवमा पदम प्रसाद खतिवडा, उपमहासचिवमा सुमन खरेल र  नरेन्द्र कोइराला निर्वाचित गरिएको छ । 

यस्तै संगठनले सातवटै प्रदेशमा सात जना सचिव चयन गरेको छ । प्रदेश नंं १ मा होमवहादुर बस्नेत, मधेश प्रदेशमा किशोरकुमार शाह, वागमती प्रदेशमा देवराज अर्याल, गण्डकी प्रदेशमा कृष्णराज अधिकारी, लुम्बिनी प्रदेशमा दिनेश पन्थी, कर्णाली प्रदेशमा तेजविक्रम बस्नेत, सुदुरपश्चिम प्रदेशमा मानवहादुर जोरा रहेका छन् ।

कोषाध्यक्षमा नन्दिकेशर नेपाललाई निर्वाचित गरिएको छ । 


प्रकाशित मिति: आइतबार, २७ चैत, २०७८, २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९