एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा


 एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं,  । पत्रकार महासंघको ६७ औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

ललितपुरको नेशनल स्र्पोट्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम ४ मा प्रवेश पाउने टोलीमा न्युज २४ टेलिभिजन, टीम शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखा छन् । 

पहिलो क्वार्टरफाइनलमा न्युज २४ ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ५–३ गोल अन्तरले हरायो । त्यस्तै टीम शिलापत्रले दोस्रो क्वार्टरफाइनलमा फोटो जर्नलिष्ट क्लवलाई ४–३ ले पराजित ग¥यो । पत्रकार महासंघ कास्की शाखाले नेपाल चलचित्र पत्रकार संघलाई २ का विरुद्ध १० गोलले हरायो । सो खेलमा कास्कीका पूर्ण न्यौपाने एक्लैले ५ गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा महासंघको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो । सो खेलमा परिवेश पोखरेलले ललितपुरका लागि ४ गोल गरेका थिए । 

पहिलो सेमिफाइनलमा भोलि न्युज २४ र कास्की तथा दोस्रोमा टिम शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । 
प्रतियोगिताको उद्घाटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । उद्घाटन खेलमा नेपाल खेलदकुद पत्रकार मञ्चले हाम्रो सञ्चार डट कमलाई ५–३ ले हराएको थियो । त्यस्तै न्युज २४ ले ईकागजलाई १६–० को अन्तरमा हरायो ।

सो खेलमा न्युज २४ का सुरज महर्जन एक्लैले ७ गोल गरे । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लवले बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । चौथो खेलमा टिम शिलापत्रले महासंघको काठमाडौं शाखालाई ६–४ ले हराएको थियो ।

अनलाइन खबर अनुपस्थित भएपछि महासंघको कास्की शाखाले बाई पायो । चलचित्र पत्रकार संघले नेपाल टेलिभिजनमाथि ६–२ गोल अन्तरको जित निकाल्यो । महासंघको ललितपुर शाखाले प्रेस चौतारी रुपन्देहीलाई ६–० ले हरायो । प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा नयाँ पत्रिकाले पत्रकार महासंघ सिन्धुपाल्चोक शाखालाई १–० ले हराएको थियो ।   

बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता छ । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका छन् । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछन् ।

बिधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने फुटसल प्रतियोगिताका संयोजक एवं पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले जानकारी दिए । 

 


प्रकाशित मिति: सोमबार, २८ चैत, २०७८, २०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९