काठमाडौं, । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘काठमाडौंको मेयर भएका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । उहाँ यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनको भनाई रहेको छ। विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ।’
काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९