स्वास्थ्य रणनीति : सरकारी नभएको ठाउँमा मात्र नीजि अस्पताल

स्वास्थ्य रणनीति : सरकारी नभएको ठाउँमा मात्र नीजि अस्पताल


स्वास्थ्य रणनीति :  सरकारी नभएको ठाउँमा मात्र नीजि अस्पताल

–शरद् शर्मा
काठमाडौँ, । सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र नीजि अस्पताल खोल्ने गरि नयाँ नीति ल्याउन थालेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न थालेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’मा सरकारी अस्पताल नभएका ठाउँ खोल्न नीजि अस्पताल खोल्न  प्राथमिकता दिने उल्लेख गरिएको छ ।  मन्त्रालयले अहिले रणनीतिको मस्यौदा तयार पार्दै छ । 

मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले सरकारी अस्पताल नभएका ठाउँमा नीति अस्पताल खोल्ने दिने गरि मस्यौदा तयारी पारिरहेको जानकारी दिए ।  “अहिले सरकारी अस्पताल भएका ठाउँमा नीजि छन् । नीजि भएका ठाउँमा सरकारी पनि छन्” उनले भने, “रणनीतिमा अब हामीले नीजि अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा खोल्ने गरि व्यवस्था गदैछौ ।”

उनले यसरी नीजि अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलितय दिने समेत बताए । 
मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्य सहित रणनीति तयार गर्दै छ । 

स्वास्थ्य  रणनीति तयार गर्नका लागि विभिन्न विज्ञ, सङ्घसङ्स्था र सेवाग्राहीसंग सुझाव सङ्कलन गरिरहेको छ ।

मन्त्रालयका योजना महाशाखा प्रमुख डा. पौडेलले गुणस्तरिय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन उद्देश्यका साथ रणनीति तयार पारिएको बताए । उनका अनुसार अहिले रणनीतिको मस्यौदा तयारी भइरहेको छ । आगामी साउनदेखि लागु हुने गरि मस्यौदा बनाइरहेको उहाँको भनाई रहेको छ । 

“अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौ” उनले भने, “पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्ने छौ ।”

यस्तै सङ्घीय संरचना अनुरुप सवै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरिय स्वास्थ्य सेवामा समातामुलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाईसराई र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् । 

यस्तै महाशाखाका प्रमुख डा. पौडेलले महामारी भन्दा पनि अहिले नसर्ने रोग बढिरहेकोले रणनीतिमा नसर्ने रोगको रोकथामा र नियन्त्रणमा ध्यान दिइएको बताए । 
उनले रणनीतिमा स्वास्थ्यमा लगानी बढाई गुणस्तर स्वास्थ्य सवैको पहुँचमा पु¥याउन समेत आवश्यकता रहेको बताए ।  

 “जनसङख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात र कोभिड–१९ जस्ता अप्रत्याशित महामारी तथा स्वास्थ्य आपतकालिन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको छ,” उनले भने । 

रणनीतिमा जनशक्तिको प्रक्षेपण अनुसार उत्पादन, स्वास्थ्य दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य अनुशासन र प्रयाप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ । 
मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले नागरिकको स्वास्थ्यको गुणस्तर कसरी बनाउने भन्ने रणनीतिमा उल्लेख गरिएको बताइन । रणनीतिले सवै नागरिकको स्वास्थ्य सेवाको गुणस्तर ल्याउने बताइन  । 

 


प्रकाशित मिति: सोमबार, १९ बैशाख, २०७९, १५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९