१४ जनामा मात्र सङ्क्रमण, २१ निको

१४ जनामा मात्र सङ्क्रमण, २१ निको


१४ जनामा मात्र सङ्क्रमण, २१ निको


काठमाडौँ, । कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा मात्र देखिएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४  जनामा सङ्क्रमण देखिएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् ।

पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन् ।  नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ जनाको निधन भएको छ । 

हाल होम आइसोलेसनमा २०२ र संस्थागत आइसोलेसनमा तीन जना जनाको उपचार हुँदैछ ।  विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् 
 


प्रकाशित मिति: शनिबार, २४ बैशाख, २०७९, १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९