काठमाडौं, । हावाहुरीले रुख ढल्दा विभिन्न स्थानमा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जुन घटनामा दुई जना घाइते भएका छन् ।
हावाहुरीले रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटोलाई किच्दा ७ जना घाइते
हावाहुरीले रुख ढल्दा विभिन्न स्थानमा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जुन घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपुर(११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा २ जना घाइते भएको जानकारी दिए । घाइतेहरुलाई भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यसैगरी कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ । यसैबीच चितवनको नारायण पुल नजिक पनि हावाहुरीले ट्रक पल्टिदा २ जना घाइते भएका थिए।
शुक्रबार साँझ देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९