बलात्कारको आरोपमा पाण्डे पक्राउ

बलात्कारको आरोपमा पाण्डे पक्राउ


बलात्कारको आरोपमा पाण्डे पक्राउ

काठमाडौँ । बलात्कार गरेको आरोपमा मिस ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे पक्राउ गरेका छन् । 

युवतीलाई सौन्दर्य प्रतियोगिता आयोजनाका नाममा  बलात्कार गरेको आरोपमा उनी आज स्वयम्भुबाट पक्राउ परेका हुन् । 

आठ वर्षपहिले प्रतियोगिता आयोजना गरी एक किशोरीलाई पटकपटक बलात्कार गरेको आरोप पाण्डेमाथि रहेको छ । 

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी तत्कालीन अवस्थामा १६ वर्ष रहेकी एक किशोरी बलात्कार गरेको आरोप उनलाई पक्राउ गरेको हो ।

पीडित युवतीले आठ वर्षपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाबारे खुलासा गरेपछि यो विषय राष्ट्रिय चासोका रुपमा देखिएको थियो ।

हिजादेखि विभिन्न समूहले बलात्कारिका आरोपित पाण्डेलाई पक्राउ गर्नका लागि काठमाडौँमा प्रर्दशन शुरु गरेका छन् । आज पनि माइतीघरमा प्रर्दशन गरेका थिए । 


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, २०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९