दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी कारवाहीमा

दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी कारवाहीमा


 दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी कारवाहीमा

काठमाडौं, । यौन दुर्व्यवहारको बिषय आन्दोलन चर्किरहेको वेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकृत तहका कर्मचारी पनि मुछिएका छन् ।

परिषद् इन्टर्नसिपमा आएकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा परिषदले तालिम अधिकृत विजयकुमार झालाई निलम्बनसहितको कारबाहीमा परेका छन् । पिडित युवतीले झाले आफूलाई दुरव्यवहार गरेको भन्दै परिषद्मा उजुरी दिएपछि झालाई निलम्बन गरेको हो । 

 झाले परिषदमा इन्टर्नसिपमा आएकी एक युवतीलाई वैशाख २४ गते कार्यालयमा बोलाएर दुर्व्यवहार गरेका थिए। 

परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले उजुरीका सम्बन्धमा कारवाही प्रक्रिया अगाडि बढाएको बताए । यसअघि पनि झालाई परिषद्ले अनैतिक क्रियाकलाप गरेको भन्दै कारवाही गरेको थियो । 


प्रकाशित मिति: बुधबार, ११ जेठ, २०७९, २१:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९