रञ्जन कोइरालाको फैसला उल्टियो, अव २० बर्ष जेल बस्नुपर्ने

रञ्जन कोइरालाको फैसला उल्टियो, अव २० बर्ष जेल बस्नुपर्ने


रञ्जन कोइरालाको फैसला उल्टियो, अव २० बर्ष जेल बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला उल्ट्याएको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

उनका अनुसार कोइरालाले पूरा २० वर्ष नै जेल बस्नुपर्नेछ ।

यसअघि तत्कालिन प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा  र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय बढी हुने भन्दै ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला गरेका थिए । सो फैसला लगत्तै कोइराला रिहा भएका थिए ।

उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।


प्रकाशित मिति: बिहिबार, १२ जेठ, २०७९, २०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९