जनताको बीचमा गएर बजेटको भण्डाफोर गर्न ओलीको सांसदलाई निर्देशन

जनताको बीचमा गएर बजेटको भण्डाफोर गर्न ओलीको सांसदलाई निर्देशन


जनताको बीचमा  गएर बजेटको भण्डाफोर गर्न ओलीको सांसदलाई निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदलाई निर्देशन दिनु भएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।

एमालेले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने गरी आएको आरोप लगाउँदै मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ ।

बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका छन् ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: सोमबार, १६ जेठ, २०७९, २२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९