काठमाडौँ, । नायिका मिरुना मगर र फुर्पा तामाङबीच सहमति भएको छ ।
कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन् । साथै अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।
त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।
सहमति पछि जारी विज्ञप्तिमा भनिएको छ, ुहामी दुवै पक्षका अभिभावकहरू छलफलमा बसी आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक सङ्घ सङ्गठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरी लियौँ दियौँ।ु
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९