निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित

निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित


निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित

काठमाडौं ।, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो ।

शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।

शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताए ।

 

 


प्रकाशित मिति: बिहिबार, १९ जेठ, २०७९, ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९