‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रम
काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटले एनआरएनएको लगानी स्वादेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताए । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
संवाद डबलीले गरेको ‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कुँवरले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बढ्दो व्यपार घाटा कम गर्न बजेटले कृषिलाई प्राथमिकता र विदेशी लगानी दुई करोडमा झारेर लगानीमैत्री वातावरण बनाएको बताए ।लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय गर्दैै आएका कुँवरले बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।
अध्यक्ष कुँवरले वैदेशिक लगानी भित्र्याउन वानडोर नीति आवश्यक भएको बताए । नेपालमा डकुमेन्टमा समस्या भएको बताउँदै भने, “गैर आवसीय संघका साथीहरुले लगानी गर्ने भनेर नेपाल आउछन् तर डकुमेन्टमा निकै झन्झट छ, त्यो पार गर्न नसकेर लगानी फिर्ता हुने गरेको छ । सरकारले अब वानडोर पोलिसी बनाउनुपर्छ ।” उनले विदेशीलाई पाँच करोडबाट दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।
विदेशीमा लगानी गर्दा सरकारी प्रक्रिया निकै सहज हुने गरेको बताउँदै अध्यक्ष कुँवरले नेपालमा लगानी गर्न आउने विदेशी नागरिकले त्यस्तै खोज्ने बताउँदै त्यसमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले बजेट हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै यसको कार्यान्वयन पाटो मुख्य भएको बताए ।
त्यस्त, बजेटले ऊर्जा क्षेत्रलाई सम्बोधन गरेको बताए । उनले आफूले पनि नेपालमा ऊर्जा क्षेत्रमा लगानी गरेको बताउँदै अध्यक्ष कुँवरले बजेटले उत्पादन भएको ऊर्जा खपतको समस्यालाई पनि सम्बोधन गरेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९