दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा: प्रहरी महानिरीक्षक

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा: प्रहरी महानिरीक्षक


दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा: प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताए ।  प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे।

अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उनको धारणा थियो । मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न पनि उनले पत्रकारलाई आग्रह गरे ।उनले सङ्गठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताए ।

प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए । प्र्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उहाँले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि बताए ।


प्रकाशित मिति: बिहिबार, १९ जेठ, २०७९, १८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९