दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना


दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

पछिल्लो केही समययता सामाजिक सञ्जाल तथा सामाजिक अभियन्ता वृत्तमा ‘मि–टु अभियान’ उत्कर्षमा छ। आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजकले पेयसँगै नसालु पदार्थ मिसाएर खुवाई आफूलाई बलात्कार गरेको घटना पीडित युवती स्वयंले करिब दुई साताअघि सार्वजनिक गरेकी थिइन्। आफूलाई बलात्कार गर्ने व्यक्तिले नग्न तस्बिर खिचेको र त्यसै आधारमा ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म बलात्कार गरेको आरोप पीडित युवतीले लगाएकी थिइन्। यही घटनासँगै पछिल्लो समय ‘मि–टु अभियान’ उत्कर्षमा पुगेको हो।

यो अभियान यस्तै सनसनीपूर्ण यौन हिंसा तथा दुर्व्यवहारका घटना सार्वजनिक हुँदा मात्रै चर्चामा आउँछ, देशव्यापी माहोल तात्छ, फेरि उसैगरी सेलाउँछ। तर अभियान जस्तोसुकै ढंगले चलिरहे पनि यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा भने कुनै कमी आएको छैन। बरु निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ।

प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरीले नेपालका प्रचलित कानुनअनुसारका विभिन्न आठ प्रकारले ती घटनाको विवरण राखेको छ। जसमा जबर्जस्ती करणी, जबर्जस्ती करणी र हत्या, मानव बेचबिखन तथा जबर्जस्ती करणी, अपहरण तथा जबर्जस्ती करणी, बालविवाह गरी जबर्जस्ती करणी पर्छन्। यसबाहेक जबर्जस्ती करणी उद्योग, बालयौन दुराचार/दुर्व्यवहार अप्राकृतिक मैथुन यौन हिंसा तथा दुर्व्यवहारजन्य भनी प्रहरीले वर्गीकरण गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।  


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, ०७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९