पुनः लगाइयो त्रिविमा १३२ दिनमा फोडिएको ताला

पुनः लगाइयो त्रिविमा १३२ दिनमा फोडिएको ताला


पुनः लगाइयो त्रिविमा १३२ दिनमा फोडिएको ताला

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनमा फोडिएको ताला पुनः लगाइएको छ । 

त्रिविको उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः हिजोदेखि लागेको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले विभिन्न माग राख्दै माघ ७ गतेदेखि ताला लगाएका थियो ।

यस्तै आङ्शिक शिक्षकहरुले पनि  उनीहरुको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेबाट ताला लगाएका थिए ।
 नेविसङ्घ र आङ्शिक शिक्षकले लगाएको ताला यहि जेठ १८ गते नेकपा (क्रान्तिकारी)ले फोडेपनि फेरि उनीहरुले हिजो सयुक्त रुपमा  ताला लगाएका छन् । नेविसङ्घ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविले आफूसंग गरिएको सम्झौता कार्यन्वनयन नगरकोले ताला लगाएको बताए । 

उनका अनुसार नेविसङ्घले पाठ्यक्रम परिवर्तन नगरेको, शैक्षिक क्यालेण्डर लागु नगरेको जनकपुरस्थित युथ क्याम्पसलाई ब्लाचलर अफ कम्प्युटर अप्लिकेशन (विसिए) को सम्बन्धमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै ताला छ । 

नेविसङ्घले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षले बर्खास्त वा राजीनामा माग गरेको छ । 

त्रिविले नेविसङ्घसंग वार्ता गर्नका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीलाई वार्ता संयोजकमा तीन सदस्यीय वार्ता टोली समेत गठन गरेको छ । 

वार्ता टोलीका संयोजक अधिकारीले नेविसङ्घसंग सात–आठ पटक वार्ता गरेपनि निष्कर्णमा नपुगेको बताए । “हामी सात–आठ पटक वार्ता बस्यौ । नेविसङ्घको माग अनुसार बर्खास्ती वा राजीनामा असम्भव कुरा हो” उनले भने, “त्यही भएर वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।”

 

 


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, २२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९