पाँच बर्षदेखि ११ बर्ष उमेरका बालबालिकालाई असार ९ गतेदेखि खोप

पाँच बर्षदेखि ११ बर्ष उमेरका बालबालिकालाई असार ९ गतेदेखि खोप


पाँच बर्षदेखि ११ बर्ष उमेरका बालबालिकालाई असार ९ गतेदेखि खोप

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच बर्षदेखि ११ बर्ष उमेर समूहका बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी दिएका छन् । 

आज भिडियो मार्फत उनले पाँच बर्षदेखि ११ बर्ष उमेर समूहका ३९  लाख बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने जानकारी दिए ।  

उनका अनुसार  बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकि दुई चरणमा खोप अभियान संचालन हुने छ । 

पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म संचालन गरिने छ । 
ययस्तै  दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म संचालन गरिने छ । 

उनले अध्ययनले देखाएको अनुसार खोप सुरक्षित रहेकोले सवै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि अनुरोध गरे । 

उनले खोप खरिद प्रक्रिया भएपनि कोभ्याक्स मार्फत निःशुल्क ल्याउन थालिएको बताए । “खोप खरिद प्रक्रियामा रहेको थियो । जसको मूल्य ६ अर्बभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्पत कोम्यभास सुविधामा मार्फत निःशुल्क ल्याउन थालिइएको हो” उनले भने । 

केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र स्थानीय खोप वितरण गरिने छ । नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ ।

१२ बर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुष्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उनले जानकारी दिए । 

सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाई रहेको छ । 

 

 


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, २२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९