एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।


एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । 

उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो ।उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ । 


प्रकाशित मिति: शनिबार, २१ जेठ, २०७९, १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९