रेसुङ्गा विमानस्थलको निर्माण अन्तिम चरणमा

रेसुङ्गा विमानस्थलको निर्माण अन्तिम चरणमा


रेसुङ्गा विमानस्थलको निर्माण  अन्तिम चरणमा

गुल्मी,। रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

अहिले विमानस्थलको धावनमार्गको कालोपत्रे, वाह््य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवए मार्किनको कामा सकिएको छ । 

२०७५ साल जेठमा पहिलो पटक तारा एयरले परीक्षण उडान गरेको थियो । विमानस्थल धावनमार्गको ५२० मिटर लम्बाई र २० मिटर चौडाई रहेको छ । कुल १५६ रोपनी

जग्गामा फैलिएको विमानस्थलमा हालसम्म ३२ करोड ९० लाख रुपिया खर्च भइसकेको छ । 

२०६३ सालमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलन्यास गरेका थिए । २०६३ सालमा शिलन्यास भएपनि २०७२ सालबाट मात्र विमानस्थलको काम शुरु भएको थियो । 

रेसुङ्गा विमानस्थल बनेपछि गुल्मीका मानिसलाई संघीय राजधानी जोड्नका लागि हवाईमार्गबाट सजिलो हुने छ । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९