सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

भर्नाका लागि प्रवेश परीक्षा


सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए ।

उहाँका अनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको हो ।  विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ । सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ ।  

विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उहाँले जानकारी दिए । सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म दुई हजार ७३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । बालविकास केन्द्रमा १११, कक्षा १ मा १२३, कक्षा २ मा ११४, कक्षा ३ मा ११२, कक्षा ४ मा १४५, कक्षा ५ मा १३१, कक्षा ६ मा १८९, कक्षा ७ मा २३७, कक्षा ८ मा २०८, कक्षा ९ मा २७३, कक्षा १० मा २३८, कक्ष ११ मा ४८० र कक्षा १२ मा ३७६ जना भर्ना भएका छन् ।

नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकाले विद्यालय दुई भागमा सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायको भनाइ छ  ।


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९