डोल्पाको जगदुल्लामा सातदिने उद्यमशीलता तालिम शुरु

डोल्पाको जगदुल्लामा सातदिने उद्यमशीलता तालिम शुरु


डोल्पाको जगदुल्लामा सातदिने उद्यमशीलता तालिम शुरु

डोल्पा । कर्णाली प्रदेश अन्तर्गत  डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय युवा परिषदद्वारा आयोजित   सातदिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम शुरु भएको छ । आइतबार जगदुल्ला गाउँपालिकाको सभाहलमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रम वोल्दै उपाध्यक्ष बस्नेतले सहुलियतपूर्ण कर्जा सहजिकरण , उद्यमशीलता र वित्तीय साक्षरता तालिमले युवाहरुलाई स्वरोजगार वन्ने वाटो देखाउने वताए । हरेक वर्ष ४ लाख ५० हजार युवा नेपाली श्रम वजारमा निस्कने जिकिर गर्दै  बस्नेतले भने -' नेपाली युवाहरु स्वरोजगार वन्नुको विकल्पै छैन। ' 

सातदिन सम्म चल्ने तालिम कार्यक्रमले जगदुल्लाका युवाहरूलाई उद्यमी वन्न निकै ठुलो प्रेरणा र उत्साह मिल्ने गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले वताए । रोकायले परिषदले जगदुल्ला जस्तो विकट ठाउँ छनौट गरेकोमा धन्यवाद दिए।

जगदुल्लाका ६ वटा वडाहरुवाट छनौट भएका ६० जना युवा प्रशिक्षार्थीलाई ३० ,३० जनाको दुईवटा समुह वनाई ४ जना प्रशिक्षकले तालिम दिनेछन् । तालिम दिने प्रशिक्षकमा  ऋतुवर्ण सिल्वाल, जयदुर्गा वुढाथोकी , डिल्लेश्वर प्रधान र नारायणकाजी काशीछवा रहेका छन् ।


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, २२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९