सेनाले चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

सेनाले चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन


सेनाले चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

काठमाडौँ — नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ अन्तर्गत सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन गरेको छ । सरकारको कार्यक्रमअन्तर्गत सेनाले तेस्रो पटक विश्वका ८ हजारभन्दा अग्ला सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट फोहोर संकलन गरेको हो । यस पटकको गत चैत २२ मा थालिएको अभियान जेठ २२ अर्थात् विश्व वातावरण दिवसका दिन आइतबार सकिएको छ ।

संकलित फोहोरमध्ये कुहिने ७ हजार २ सय २७ किलो स्थानीय गाउँपालिका तथा नकुहिने २६ हजार ६ सय ५० केजी रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । अभियानका दौरान कञ्चनजंघा आधार शिविरमा फेला परेका मान्छेका दुई अस्थिपञ्जर कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफाइका क्रममा सगरमाथा, ल्होत्से तथा सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने ७ जनालाई प्रोत्साहनस्वरूप प्रधानसेनापति प्रशंसा निसान हस्तान्तरण गरे । जलवायु परिवतन कुनै एक मुलुकको मात्र समस्या नभएको उल्लेख गर्दै उनले सबै मिलेर वातावरणको संरक्षण गर्नुपर्ने बताएका थिए ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९