कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु


कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

काठमाडौं , । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको जनाएको हो ।

मन्त्रालयको वेभ साइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा प्राप्तिका लागि अविलम्ब निवेदन दिन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयबाट गठन गरिएको कार्यदलको सुझावका आधारमा नेपाल सरकारले अध्ययन निरन्तरता हुने गरी ती विद्यार्थीलाई चीन फर्काउन सहजीकरण गर्ने निर्णय भएको थियो ।

 


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, २०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९