एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु


एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

काठमाडौँ, । चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरुत भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरेका छन् । उनले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए ।

सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि रु पाँच करोड बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको उल्लेख गरे। कार्यक्रममा उनले २३ खेलका सम्बन्धित खेल सङ्घका पदाधिकारीलाई खेल सामग्रीसमेत हस्तान्तरण गरे ।

त्यसैगरी खेलाडीका तर्फबाट एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताए । प्रशिक्षको तर्फबाट भने भारोत्तोलनखेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको उल्लेख गरे ।

पहिलो चरणको प्रशिक्षण यही जेठ २४ गतेदेखि आगामी असार २३ गतेसम्म चल्नेछ ।

तेईस खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । 

नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउनेछ । 


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, २०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९