भारतमा बेलायती महिला आफ्नै पुरुष साथी अगाडि बलात्कृत

भारतमा बेलायती महिला आफ्नै पुरुष साथी अगाडि बलात्कृत


भारतमा बेलायती महिला आफ्नै पुरुष साथी अगाडि बलात्कृत

एक बेलायती महिला बलात्कारमा परेकी छिन् । भारत, गोवाको अरम्बोल बीच (समुन्द्र) मा एक बेलायती महिलालाई उनका पुरुष साथीको अगाडि बलात्कार गरेको घटना बाहिर आएको हो ।

समाचार एजेन्सी पीटीआईले गोवा प्रहरीलाई उद्धृत गर्दै आरोपी एक स्थानीय व्यक्ति भएको भनेको छ । उनले महिलालाई मसाज गराउने बहानामा बलात्कार गरेका हुन् । प्रहरीका अनुसार आरोपी ३२ वर्षीय भिन्सेन्ट डिसुजा उत्तरी गोवाको अरम्बोल बीचमा अवैध रूपमा मानिसहरूलाई मसाज सेवा उपलब्ध गराउने समूहका सदस्य हुन् ।

त्यहाँ पुग्ने विदेशी पर्यटकले मसाजको माग राख्छन् । आरोपितले यसअघि विद्यालयको पुस्तकालयमा पनि काम गरेको प्रहरीले जनाएको छ । परनेम प्रहरीले आरोपीलाई सोमबार पक्राउ गरेको हो ।प्रहरीमा दर्ता गराएको उजुरीमा ती महिलाले आफू आफ्नो केटासाथीसँग अरम्बोल बीच नजिकैको स्विट वाटर लेकमा आराम गरिरहेकी थिइन् ।

त्यही क्रममा अभियुक्तले मसाजको बहाना बनाएर आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी हुन् । अधिकारीहरुका अनुसार यो घटना जुन २ मा भएको थियो । महिलाले बेलायतमा रहेको आफ्नो परिवारसँग सम्पर्क गरेर सोमबार प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरी परेको एक घन्टाभित्र प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । सोमबार राति अभियुक्त र पीडित दुवैको स्वास्थ्य परीक्षण गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, २१:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९