विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या

विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या


 विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या

सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा नजिकैको डाँडागाउँस्थित एक परिवारमा दुई महिनाअघि जन्मिएका जुम्याहा शिशुसँगै आमाको स्याहारसुसार र पोषणमा समस्या भएको छ । डाँडागाउँमा बस्दै आएका शिशुकी सुष्मा र बाबु विजय सुर्खेतीको आर्थिक कमजोर भएका कारण जुम्ल्याहा शिशु र आमाको उचित स्याहारसुसार र पोषणमा समस्या परेको हो ।

दुई महिना घि सुष्माले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। उनीहरूले आमाको दुध पर्याप्त नआएकाले ल्याक्टोजिन खुवाउँदै आएका थिए । अब उनीहरूसँग भएकाे पैसा सकिएकाेले ल्याक्टाेजिनसम्म खुवाउन नसक्ने अवस्था आएकाे हाे । एक प्याकेट ल्याक्टोजिनको साढे सात सय रुपैयाँ पर्ने र त्यसले दुई बच्चालाई मुस्किलले तीन दिन पुग्ने आमा सुष्माले बताइन । उनका अनुसार बच्चाहरूको पोषणमा मात्रै एक महिनामा करिब साढे सात हजार रुपैयाँ खर्च लाग्छ। 

गाउँमै ज्याला मजदुरी गर्दै आएका विजयको सुत्केरीलाई आवश्यकताअनुसार पोषिलो खाना र शिशुहरूलाई दुधजन्य पोषण खुवाउन नसकेको दुःखेसो गरे । बच्चा जन्मिएको भोलिपल्टदेखि नै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएकोमा आफूले जोहो गरिराखेको ५० हजार सकिएकाे बताए । भएकाे रकम सुत्केरी खर्च र उपचारमा सकिएपछि अहिले आमा र बच्चाको स्याहारसुसार र पोषणमा समस्या भएको उनकाे भनाइ छ । 

उनीहरूलाई स्थानीय सहयोग जुटाएर खाना र स्याहारको व्यवस्था गरे पनि पर्याप्त नभएको पूर्वशिक्षक डिल्लीबहादुर रम्तेल बताउँछन् । स्थानीयले पाँच हजार रुपैयाँ सहयोग गरेकोमा त्यसले केहीदिन खानाको व्यवस्था भएको उनी बताउँछन्। 

दोर्दी गाउँपालिकाको श्रीमञ्ज्याङस्थित आफन्तहरूले पनि सहयोग जुटाएर केहीदिन अघि १२ हजार रुपैयाँ दिएको शिशुका बाबुले बताए । यस्तै सहयोगले अहिलेसम्म जसोतसो सुत्केरी श्रीमती र छोराहरूलाई ल्याक्टोजिन खुवाउँदै आएको उनले बताए । सात महिनामै जन्मिएकाले जुम्ल्याहा बच्चालाई जोगाउन अझै बढी स्याहार सुसार गर्नुपर्ने आमा सुस्माले बताउँछिन् । 

बेँसीशहर नगरपालिका- ६ सारिङ स्थायी घर भएका विजयले तनहुँ पुर्कोटकी सुष्मासँग विवाह गरेको र अहिले डाँडागाउँस्थित खिमबहादुर मजाकोटीको खाली घरमा बसिरहेका छन् । 


प्रकाशित मिति: बुधबार, २५ जेठ, २०७९, १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९