नेपाल प्रहरीका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान


नेपाल प्रहरीका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ  । 

मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गर्नुभयो । 

उनले पदोन्नति भएका प्रहरी अधिकृतबाट हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेटेर उत्कृष्ट काम हुने विश्वास व्यक्त गरे  ।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुवेदीले आफ्नो वृद्धि, विवेकले भ्याएसम्म प्रहरी सङ्गठन, देश र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: बुधबार, २५ जेठ, २०७९, २०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९