पाकिस्तानमा सरकारी कार्यलय हप्तामा ५ दिन खुल्ने

पाकिस्तानमा सरकारी कार्यलय हप्तामा ५ दिन खुल्ने


पाकिस्तानमा सरकारी कार्यलय  हप्तामा ५ दिन खुल्ने

पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्‍याउने भएको छ । ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो । योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । 

गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन् । पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ । लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ । गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ । 

‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार एक पत्रकार सम्मेलनमा भने । 

मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरू बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ ।  एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।

 मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्णप्रतिबन्धलाई पनि अनुमोदन गरेको छ । सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचनामन्त्रीले औरंगजेबले भने ।  


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९