नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने

नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने


नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने

काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिकाभित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो ।

उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको नविल बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।

सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग गर्नदिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताए । उनले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यवद्घता जनाएको स्पष्ट पारे ।

काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरवासीको शहर भएकाले काठमाडौंलाई अझ सुन्दर बनाउन सक्ने शाहले बताए । उनले भने, ‘नबिलसँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सँधै सँगै अघि बढिरहन्छौं । नबिल बैंकले दीगो बैंकिङको अवधारणा अनुरुप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।’

त्यस्तै काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले नागरिकको चेतनास्तर बृद्धि र सिकाई अभ्यास गरेर अन्तर्राष्ट्रिय दाजोमा पु¥याउन यस्तो योजना अगाडि बढाएको बताए । उनले नागरिकलाई आकस्मिक सेवा दिँदै सानो काम गरेर जनसर्मथन गर्न अभियान शुरु गरिएको बताए ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोही निर्णय बमोजिम ऐक्यवद्धता जनाएको बैंकले बताएको छ ।

सम्झौता अनुसार बैंकले सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाई र आवश्यक सामग्रीहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं बैंकले नै गर्नेछ । शौचालयको नियमित मर्मतसम्भार र सरसफाई, पानीको प्रवन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ । यो सम्झौता पाँच वर्ष अवधिको हुने सम्झौतामा उल्लेख रहेको छ ।


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९