पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान

पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान


पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति हुनुभएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।  मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो । 


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९