हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिले छानविन

हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिले छानविन


हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिले छानविन

काठमाडौँ, ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्र पटक पटक लापरवाही देखिएपछि छानविन गरिने भएको छ  । 

त्रिविले  अहिले संचालन गरिरहेको स्नातकोत्तर तह मानविकि तथा समाजशास्त्र संकायको परीक्षाका दुई वटा बिषयको प्रश्नपत्रमा हुवहु देखिएपछि छानविनको प्रक्रिया अगाडि बढाइएको हो । 

मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र बिषय अन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिवि मानविकि  संकायका डीन प्राडा. कुसुम शाक्यले हुबहु दोहरिएको प्रश्नपत्रका सम्बन्धमा छानविन गर्नका लागि  त्रिवि केन्द्रीय परीक्षा समिति समक्ष आग्रह गरिसकेको जानकारी दिइन ।

“हामीले हुवहु प्रश्नपत्रका सम्बन्धमा छानविन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिसकेका छौ” उनले भनिन्, “अव हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि हामी सचेत छौ ।”

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाएपनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीको कारणले अधिल्लो बर्षको प्रश्नपत्र दोहरिने गर्दछ । 

 रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राडा पेशल दाहालले मानविकी संकायले छानविनका लागि आग्रह गरेकोले हुवहु प्रश्नपत्रका सम्बन्धमा छानविन गर्ने बताए ।

“ आज नै मानविकी संकायले छानविनका लागिका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु” उनले भने, “छानविन गरेपछि कसको लापरवाही रहेको छ भन्ने थाहा हुन्छ ।”

उनले परीक्षामा गतबर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुवहु पर्ने गएको हुनसक्ने बताए । 

६० पूर्णाङ्कको उक्त बिषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ । 

 


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९