बैकल्पिक चिकित्साको महत्व धेरैै : स्वास्थ्य सचिव

बैकल्पिक चिकित्साको महत्व धेरैै : स्वास्थ्य सचिव


 बैकल्पिक चिकित्साको महत्व धेरैै : स्वास्थ्य सचिव

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले वैकल्पिक चिकित्साको महत्व धेरै नै रहेको बताएका छन् । 

हेल्थआवाज मिडियाले यहाँ आयोजना गरेको ‘वैकल्पिक चिकित्सा अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बैकल्पिक चिकित्सालाई सरकारले उपेक्षा नगरेको बताए । 

बैकल्पिक चिकित्सालाई मन्त्रालयले  एकीकृत रुपमा लैजाने तयारी समेत गरेको बताए ।  उनले वैकल्पिक चिकित्सालाई प्रभावकारी बनाउन राज्यले लगानी समेत गरेको बताए । 
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैकिल्पक भनिएका चिकत्सा पद्धती नेपालका मौलिक र पुराना पद्दति भएपनि अध्ययन अनुसन्धान  नहुँदा पछि परेको बताए । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले वैकल्पिक चिकित्सालाई नीतिगत रुपमा कसरी अघि बढ्ने भन्ने कुरामा जोड दिए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बैकल्पिक चिकित्साको अध्ययन अनुसन्धान परिषद्ले गरिरहेको बताए । 

नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले वैकल्पिक चिकित्सा विकासको लागि सरकारले सात वर्षे रणनीति बनाइरहेको जानकारी दिए । 

स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले परिषद्मा बैकल्पिक चिकित्सालाई दर्ता गर्नका लागि कुनै समस्या नभएको बताए । 

आयुवेर्दिक चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले बैकल्पिक चिकित्सालाई प्रथामिकता राखेर अगाडि बढ्न सके मुलुकको धेरै पैसा जोगिने बताए । 

कार्यक्रममा बैकल्पिक चिकित्सा अन्तर्गतका अकुपञ्चर, योग, प्राकृतिक चिकित्सा, होमियोप्याथिक लगायत बिषयमा  अनुसन्धानात्मक प्रस्तुती गरिएको थियो । 

 


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, १९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९