जाजरकोटमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, ८ जना घाइते

जाजरकोटमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, ८ जना घाइते


जाजरकोटमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, ८ जना घाइते

जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाही रहेका छन् ।  दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलीकप्टरद्धारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ । 

लुहादहबाट शिवपुरीतर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९