झुटा विवरण उल्लेख गरेर जर्नल प्रकाशित

झुटा विवरण उल्लेख गरेर जर्नल प्रकाशित


झुटा विवरण उल्लेख गरेर जर्नल प्रकाशित

काठमाडौँ, । बौद्धिक सम्पत्तिलाई पनि मानिसहरुले झुटो विवरण पेश गरेको पाइएको छ । स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा झुटो विवरण पेश गरेर जर्नल प्रकाशित गरेको भन्दै उजुरी पर्न थालेको हो । 

बौद्धिक सम्पत्ति जस्तो पनि झुटो विवरण उल्लेख गर्नेमाथि काउन्सिलले छानविन गर्ने थालेको छ । 

स्वास्थ्य क्षेत्रका अध्ययन अनुसन्धानका लेख ÷रचना प्रकाशित गर्दा परिषद्को आचारसहिंता विपरीत गरेको भन्दै १० भन्दा बढीमा उजुरी परेको छ । 

परिषद्का आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसहिंता उल्लघङन गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताइन । 

उनका अनुसार उजुरी परेकामध्ये धेरै जसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् । 
हँुदै नभएको परीक्षण प्रयोगशालामा छ भनेर , अभिभावकको अनुमति विना बालबालिकाको परीक्षण, एउटा उद्देश्यकालागि भनेर अनुमति लिए पनि अर्कै बिषयमा अनुसन्धान गर्ने जस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उनको भनाई रहेको छ । 
  
मूल्याङ्कन शाखा प्रमुख घिमिरेले आचारसहिंता उल्लङ्घन गरि अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐन अनुसार  अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको बताइन् । 

परिषद्को ऐन २०७४ को दफा ११ मा स्वास्थ्य सम्बन्धि अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को (२)मा स्वीकृत नलिई अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने छ उल्लेख गरिएको छ । 
परिषद्संग स्वीकृत लिएर बार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रका अनुसन्धान हुने गरेको पाइएको छ । 

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले स्वास्थ्यसंग सम्बन्धित अध्ययन अनुसन्धान परिषद्को आचारसहिंतामा बाँधिएर गर्नुपर्ने बताए  । 

राष्ट्रिय र अन्तर्राष्ट्रय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने उनी बताउँछन् । 

“स्वास्थ्य संग सम्बन्धित बिषयमा जतिपनि अध्ययन परिषद्को स्वीकृतमा  वैज्ञानिक आधारमा गर्नुपर्दछ” उनले भने, “अध्ययन गर्दा आचारसहिंता विपरीत मानविय असर पर्ने खालको गर्नुहुँदैन ।”

उनले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताए । 

“अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसहिंताको गम्भिर उल्लङघन भयो, गम्भिर मानविय असर ग¥यो, स्वीकृत विना नै काम गरेमा कारबाही गर्दछौ” उनले भने, “ कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैनन ।”

परिषद्का सदस्यसचिव समेत रहनु भएका  डा. ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताए  । 

उनले अनुसन्धान कर्ताले गुणस्तरिय अनुसन्धान गर्नकालागि शैक्षिक योग्यता पनि  हुनुपर्ने बताए । “शिक्षासंग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन,” उनले भने । 

राष्ट्रिय र अन्तर्राष्टियको स्वास्थ्यका चासोका बिषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो त्यो पनि हेर्ने गरेको उनी बताउँछन् । 

स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाई रहेको छ । 

यस्तै परिषद्ले आचारसहिंताको पालना गरे नगरेकोबारे अनुगमन गर्नका लागि ‘आचारसहिंता पुनरावलोकन समिति’ समेत गठन गरेको छ । 

समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यता अनुसार आचारसहिंता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले  स्वास्थ्यलाई हानी हुन्छ कि हुदैन, स्वीकृत गर्ने नगर्ने अधिकार रहेको परिषद्का मूल्याङ्कन शाखाका प्रमुख घिमिरे बताउँछिन् । 

उनका अनुसार समितिले बर्षमा चार÷पाँच वटा स्वीकृत भएका छैनन । 

यस्तै परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसहिंता पुनरावलोन समिति’ गठन गरिएको छ । 

 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९