मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा

मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा


मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा

खड्क सुनार। हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ ।

रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलाे पटक ५० सैनिक काेटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान काेटाका लागि भर्ना प्रक्रिया सुरु भएकाे हाे ।

५० काेटाका ५१  महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए ।  भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् । 

शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लाेकसेवाले लिखित परीक्षा लिनेछ । परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।   


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९