सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा


सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा


चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिनापछि मात्रै ताङ उपनामका चोङकिङका एक मानिसले आफ्नो सौतेनी छोरा लिउलाई हुर्काउन  लागेको खर्चको क्षतिपूर्तिको रूपमा ३५ हजार २ सय युआन माग गर्दै अदालतमा पुगेका हुन् । ट्याङले सन् २००९ मा लिउकी आमासँग विवाह गरेका थिए । त्यतिबेला लिउ  १० वर्षका थिए ।  सन् २०२१ मा महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदासम्म ट्याङले लिउलाई हुर्काएका थिए । 

अलग भएको तीन वर्षपछि ३० हजार युयान क्षतिपूर्ति माग गर्दै ट्याङले सौतेलो छोराविरुद्ध मुद्दा दायर गरेका थिए । अनौठो कानुनी विवादले चिनियाँ सामाजिक सञ्जाल विबोमा आक्रोश बढेको थियो । टिप्पणी गर्ने अधिकांशले टाङले आफ्नो विवाह असफल भएपछि आफ्नो सौतेनी छोरोसँग बदला लिएको आरोप लगाएका छन् । 

अभिभावकको रूपमा उसलाई कहिल्यै हेरचाह नगरिएको उनीहरूले बताएका छन् । ‘दश वर्षसम्म बच्चा हुर्काएपछि पनि छोराको जस्तै व्यवहार गरेजस्तो लाग्दैन । यो धेरै दुःखको कुरा हो’, अर्को व्यक्तिले टिप्पणी गरे । सौभाग्यवश गत महिना चोङकिङको स्थानीय अदालतले ताङको निवेदनलाई खारेज गरिदिएको छ । उनले क्षतिपूर्ति खोजेको खर्च स्वैच्छिक रूपमा भुक्तान गरिएको अदालतले जनाएको छ । एजेन्सी


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९