ग्रीनल्यान्ड फाइनलमा

ग्रीनल्यान्ड फाइनलमा


ग्रीनल्यान्ड फाइनलमा

 

काठमाडौं, । ग्रीनल्यान्ड पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २५–१३ ले पराजित ग¥यो ।

ग्रीनल्यान्डकी जेनिशा श्रेष्ठले १० अंक जोडिन् । भ्याली पब्लिक र एचएचसीएबीचको अर्को सेमिफाइनल सोमबार हुने छ ।

जुनियर ब्वाइजमा स्काइलार्कले आयोजक बीएनएलाई १३–७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । स्काइलार्कका रोजश रायमाझीले ६ स्कोर गरे ।

सोही प्रतिस्पर्धामा इडेन ब्रिज एकेडेमी (इबीए) ले स्किब्सलाई २८–१३ तथा ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । इबीएका एलेक्स राईले १० तथा ग्रिनल्यान्डका लक्की तामाङले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले नेपाल मोडेललाई ३७–२१ तथा बीएनएले ओडिसीलाई ४२–१९ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे ।

स्किब्सका युनिक लिम्बूले १४ तथा बीएनएका सन्देश खड्काले २४ अंक जोडे । अर्को लिग खेलमा हिमरश्मीले भद्रकालीमाथि १३–१० को कठिन जित दर्ता ग¥यो । हिमरश्मीका विनोद लामाले १० स्कोर  गरे ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९