समितिको निर्वाचनमा मोहन्याल गाउँपालिका अध्यक्षलाई सहभागि नगराउन आयोगको पत्र (पत्रसहित)

समितिको निर्वाचनमा मोहन्याल गाउँपालिका अध्यक्षलाई सहभागि नगराउन आयोगको पत्र (पत्रसहित)


समितिको निर्वाचनमा मोहन्याल गाउँपालिका अध्यक्षलाई सहभागि नगराउन आयोगको पत्र (पत्रसहित)

कैलाली, । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र लेख्दै गाउँपालिका अध्यक्ष उपाध्यायलाई समन्वय समितिको निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन निर्देशन दिएका छन् ।

आयोगले लेखेको पत्रमा “गाउँपालिकाका अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएकोले  सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकोले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको छ ।”

यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समन्वय समितिका उपप्रमुख राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई निर्वाचन प्रक्रियामा सहभागि नगराउन माग गर्दै निवेदन दिएका थिए ।

कैलाली जिल्ला समन्वय समितिको निर्वाचन भोलि हुँदै छ ।

निर्वाचनमा एमाले र  नागरिक जनमुक्ति पार्टीबीच गठबन्धन बनेको छ ।

 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९