काठमाडौं, २९ वैशाख ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय सयोजन केन्द्रिय सदस्य निरुदेवी पालले सम्हालेकी छिन । गुण्डुस्थित निवासमा पालले ओलीको सचिवालयको सयोजन्को जिम्मेवारी सम्हालेकी हुन ।
पार्टी नेता कार्यकर्ताको भेटघाट ब्यबस्थापनको काम पालले नै हेर्न थालेकी छिन । स्वकिय सचिव राजेश बज्राचार्यले भेटघाटबाहेक अतिरिक्त जिम्मेवारी सम्हाल्नेछन । पाल तत्कालीन प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकार पनि थिइन । रोशनी मेचेलाई राष्ट्रिय सभा सदस्यमा पठाएपछि ओलीको सचिवालयमा पालले जिम्मेवारी पाएकी हुन् ।
