काठमाडौं, ११ जेठ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
डंगोल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव हुन् ।
