काठमाडौं, १३ जेठ ।
सभामुख डिपी अर्यालले प्रतिनिधिसभाको १५ जेठमा हुने दुबै सभाको संयुक्त संसद बैठकमा अनिवार्य उपस्थित हुन सांंसदहरुलाई निर्देशन दिएका छन् ।
संविधानअनुसार सोही दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपरान्ह् ४ बजे बजेट पेश गर्ने तय भएको भन्दै सभामुख अर्यालले ३ः४५ बजेभित्र अनिवार्य उपस्थित हुन सांसदहरूलाई कडाईका साथ निर्देशन दिएका हुन् ।
नयाँ हल तयार नभएका कारण अहिले नियमित चलिरहेको बैठक कक्षमै बजेट सम्बोधनको कार्यसूचि तय भएको छ ।
