अध्यक्ष केपी ओलीले विधि प्रक्रियाबिनै अध्यक्षबाट बिदा लिन नमिल्ने भन्दै अर्को महाधिवेशनसम्म आफू नै नेतृत्वमा रहने घोषणापछि महासचिवले पुनर्गठन शब्द प्रयोग नगरी स्टाटस लेख्नुलाई अर्थपूर्ण मानिएको छ ।
काठमाडौं, २२ जेठ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौती र समस्याहरू खुल्ला आत्मसमीक्षा गरेर विधि र सस्थागत प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन ।
पार्टीको केन्द्रिय सचिवालय बैठकले नै चुनावको समीक्षा गरि पार्टीलाई पुनर्गठनको दिशामा लैजाने निर्णय नै गरिसके पनि पोखरेलले पुनर्गठनको शब्द प्रयोग नगरी शुक्रवार अमूर्त वाक्यमा सामाजिक संजालमा स्टाटस लेखेका छन ।
‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको गरेको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ । तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन् । उनले भनेका छन ।
अध्यक्ष केपी ओलीले विधि प्रक्रियाबिनै अध्यक्षबाट बिदा लिन नमिल्ने भन्दै अर्को महाधिवेशनसम्म आफू नै नेतृत्वमा रहने घोषणापछि महासचिवले पुनर्गठन शब्द प्रयोग नगरी स्टाटस लेख्नुलाई अर्थपूर्ण मानिएको छ ।
सचिवालय बैठकमा भने उनीसहित बहुसंख्यक नेता पुनर्गठनका पक्षमा उभिएकाले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा अध्ययनका लागि कार्यदल नै बनेको थियो ।
उपाध्यक्ष विष्णु पौडेलले भने संगठन विभागको केन्द्रीय कार्यशालामार्फत अध्यक्ष ओलीकै सामुन्य पुनर्गठनका पक्षमा सम्बोधन गरेर आफू स्पष्ट रुपमा त्यही दिशामा अघि बढेको सन्देश दिएका छन् ।
