काठमाडौ, १ मङ्सिर ।
नेकपा एमालेले भोलिबाट शुरु गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको पहिलै दिन प्रतिनिधिहरुलाई एउटा लिखित प्रश्न बाडिने भएको छ ।
३ हजार ४ सय १४ प्रतिनिधिलाई समुहगत छलफलको ब्यबस्थापनमा कठिनाई भएपछी प्रतिनिधिहरुबाट खुल्ला मोडलको एउटै प्रश्नबाट लिखित सुझाव लिने तयारी गरिएको प्रचार बिभाग प्रमुख निरज आचार्यले बताए ।
आगामी स्थानीय चुनावमा सफलता पाउन पार्टीले के निर्णय गर्नुपर्छ, कसरी जानुपर्छ ? खुल्ला उत्तर मागेर पहिलो दिन नै प्रतिनिधिलाई प्रश्न बाड्ने तयारी छ-आचार्यले भने ।
कार्यकर्ताबाट आएको सुझावलाई आत्मसात गर्दै पार्टी अघि बढ्ने उनको भनाई छ । स्थानीय तहमा धेरै सिट जिताउन तलै कार्यकर्तालाई नै उम्मेद्वार छनोटको अधिकार दिनुपर्ने आवाज जोडदार उठिरहेका बेला एमालेले भेलाबाट सुझाव लिएर उम्मेदवार छान्ने पुरानो मोडललाई पुनरावलोकन गर्ने छनक दिएको छ ।


